टप खबर

प्रधानमन्त्री प्रचण्ड भेट्न मिटरब्याज पीडितहरू बालुवाटारमा

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मिटरब्याज पीडितहरू बालुवाटार पुगेका छन्।

मिटरब्याजीको विरोधमा तराई विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर गत आइतबार काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले एक सातापछि समस्या समाधानबारे छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

यसअघि बालुवाटार जाने क्रममा उनीहरुलाई प्रहरीले टंगालमै रोकेपछि सडकमै धर्ना दिएका थिए । त्यसपछि सरकारले वार्ता समिति गठन गरेको थियो । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे आज बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Tags

छुटाउनु भयो कि ?