News in Nepali

पहिलोको तुलनामा बुस्टर खोप आधा मात्रै

Lumbinikhabar Online

कोरोनाविरुद्धको पहिलो र दोस्रो खोपको तुलनामा बुस्टर डोज लगाउनेको संख्या आधा घटेको छ । पहिलो पटकको खोप अभियानमा बागलुङमा ८८ प्रतिशतले लगाएका थिए । दोश्रो डोज ८३ प्रतिशत र बुस्टर लगाउने ४८ प्रतिशत मात्रै भएका हुन् ।

स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु थापाका अनुसार पहिलो डोज २ लाख १६ हजार र दोस्रो डोज २ लाख १२ हजारले लगाएकोमा बुस्टर लगाउने बेलामा १ लाख ५ हजारले मात्रै लगाएका हुन् ।
१५ वर्षमाथिका नागरिकको तुलनामा विद्यार्थीले बढी खोप लगाएका हुन् । ५ देखि १२ वर्षभित्रकाले ९४ प्रतिशत खोप लगाए पनि बुस्टर लगाउन पाएका छैनन् ।

ताराखोलामा पहिलो र दोस्रो डोज खोप शतप्रतिशतले लगाएका छन् भने काठेखोलामा ६४ प्रतिशतले मात्रै लगाएका छन् । काठेखोलामा बुस्टर समेत ४३ प्रतिशतले लगाएका छन ।

पालिका तहका स्वास्थ्य शाखाले माग नगरेकोले केन्द्रबाट थप खोप मगाउन नसकिएको थापाको टिप्पणी छ । ‘खोपकै कारण जनजीवनमा सहजीकरण भएको छ, त्यसैले सबैले लगाउनुपर्छ,’ जिल्ला खोप समन्वय समितिकी संयोजक रोशनीकुमारी श्रेष्ठले भनिन्, ‘खोपप्रति भ्रम सिर्जना हुनबाट रोक्नुपर्छ ।’

 

Tags

छुटाउनु भयो कि ?