News in Nepali

जिल्ला अदालतमा सन्दीपका वकिल : थुनामा पठाउने न्यायाधीशले यो मुद्दा हेर्न हुँदैन

Lumbinikhabar Online

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका छन् ।

सन्दीपलाई थुनामा पठाउनुपर्छ भन्ने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरि त्यो मुद्दाको पेशी परेको भन्दै उनीहरुले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

पहिले नै थुनछेक आदेश गरेर प्रतिवादीलाई थुनामा राख्नुपर्ने आदेश गरेका न्यायाधीशको इजलासमा मुद्दा परेकाले प्राविधिक रुपमा पनि मुद्दा मिल्दैन भनेर सन्दीप पक्षका कानून व्यवसायीले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा न्यायाधीश घिमिरेले लिखित निवेदन माग गरेका जिल्ला अदालत काठमाडौंका एक कर्मचारीले बताए । इजलासले २ बजेपछि मात्रै पालो आउनसक्ने भन्दै मुद्दाका दुवै पक्षलाई खाजापछि इजलासमा सम्पर्क गर्न भनेको थियो ।

१८ कात्तिक २०७९ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसका क्रममा क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

Tags

छुटाउनु भयो कि ?