News in Nepali

क्रिकेटर प्रतिश जिसी प्यूठानमा नगदसहित सम्मानित

Lumbinikhabar Online

प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाले क्रिकेट खेलाडी प्रतिश जिसीलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
१९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका जिसी झिमरुक गाउँपालिका -३ लामसेराका स्थायी बासिन्दा हुन् ।

जिसीले हालै यूएईमा सम्पन्न भएको आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको थिए ।

क्रिकेट खेलमार्फत प्यूठान जिल्ला र झिमरुक गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको गाउँपालिका उपाअध्यक्ष प्रमोद पोखरेलले बताए ।

जिसीलाई खेल क्षेत्रमा थप हौशला मिलोस भनेर व्यक्तिगत रुपमै उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०/५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?