लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको छ ।
बिहीबार बसेको लोसपाको बैठकले सत्तारुढ गठबन्धनमा जति दल छन्, सबैको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको हो ।
सम्मानजनक उपस्थिति हाम्रो दाबी हो’, नेता शरतसिंह भण्डारीले भने, ‘राजपाको लिगेसी बोकेको र आन्दोदानकारी पार्टी भएकाले सरकारका हाम्रो उपस्थिति सम्मानजनक हुनुपर्छ
यसका लागि सम्वाद गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको उनले बताए ।
बैठकले बारा क्षेत्र नम्बर २ मा १० वैशाखामा हुने उपचुनावका लागि गृहकार्य गर्ने थाल्ने निर्णय समेत गरेको छ ।