News in Nepali

विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्दै सामाजिक सुरक्षा योजना

Lumbinikhabar Online

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको छ । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको सामाजिक सुरक्षा योजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका हुन् ।

योजनाको शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि कोषमा आवद्ध भएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आउने छन् । श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत योजनामा सहभागी हुन सक्नेछन् ।

कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आवद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

२०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो । यो योजना शुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ ।

Tags

छुटाउनु भयो कि ?