News in Nepali

लागूऔषधसहित वीरगन्जमा २ युवक पक्राउ

Lumbinikhabar Online

प्रहरीले वीरगन्जका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध तथा गाँजासहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक रहेका छन् ।
शनिबार राति साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडक खण्डमा बी म न पा १ ह १–०११८ नम्बरको ई–रिक्सा शंकास्पद रुपमा भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेकोमा प्रहरीचौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त ई–रिक्सा चालक वीरगन्ज–१५ भिष्वा निवासी २० वर्षीय बलजित यादवले रिक्साको सिटमुनि लुकाइ ल्याएको लागूऔषध बरामद भएको थियो ।

उक्त इरिक्साबाट प्रतिबन्धित लागूऔषध ओनरेक्स १ सय एमएल लेखिएको ५ कार्टुनमा १ सय ७८ बोतल सिरप फेला परेको थियो । बरामद भएको लागू औषध, ई–रिक्सा र ई–रिक्सा चालक यादव समेतलाई बरामद तथा नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?