News in Nepali

क्रिकेटर ललित र दिपेशलाई विराटनगर महानगरले नगदसहित सम्मान गर्ने

Lumbinikhabar Online

आइसिसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन योगदान गर्ने क्रिकेटरहरू सम्मानित हुने क्रम जारी छ।

यही क्रममा विराटनगर महानगरले ललित राजवंशी र दिपेश कँडेललाई नगद १ लाख १ हजारसहित सम्मान गर्ने घोषणा गरेको छ।

विराटनगरका ललित राष्ट्रिय टोलीका र दिपेश यु–१९ टोलीका सदस्य हुन्।

गएको आइतबार आइसिसी लिग २ अन्तर्गत युएईविरूद्धको खेलमा ललितले ५ विकेट लिएर करिअरकै उत्कृष्ट सफलता हात पारेका थिए।

फाइनल सरहको युएईविरुद्धको अन्तिम खेलमा पनि ललितले किफायती बलिङ गर्दै १० ओभरमा २७ रन दिएर १ विकेट लिएका थिए। कँडेलले यु–१९ विश्वकप छनोटको फाइनलमा युएईविरूद्ध ह्याट्रिक गरेपछि नेपाल यु-१९ विश्वकपमा पुगेको छ।

राष्ट्रिय टोलीका सदस्य राजवंशी र अण्डर- १९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

‘नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र अण्डर-१९ विश्वकप छनोटमा युएईविरूद्ध ह्याट्रिक गरी नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने कँडेललाई एक लाख एक हजार नगदसहित सम्मान गर्ने निर्णय भएको छ’ महानगर प्रमुख नागेश कोइरालाको सचिवालयले भनेको छ।

Tags

छुटाउनु भयो कि ?