सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएकोप्रति प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठेको छ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखका अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका हुन्।
गत शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएका थिए।
यो अभिव्यक्ति सच्याउन पत्रकार महासंघलगायतले माग गरिरहेका छन्।
सांसद खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात
पुगेको बताए।
उनले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्प ध्यानाकर्षण गराएका थिए।
सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन? त्यतातिर पनि ध्यान जाओस्,’ खतिवडाले भने।
साथै सांसद खतिवडाले मलमा सरकारले अनुदान कटौती गर्न नहुने बताए।