News in Nepali

बुटवल बहुमुखी क्याम्पसमा एक हजार मत खस्यो

Lumbinikhabar Online

रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा चलिरहेको स्ववियु निर्वाचनमा अहिलेसम्म १ हजार मत खसेको छ ।

६ वटा सङ्गठनले भाग लिएको यस क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका छन् । निर्वाचन सदस्य सचिव प्राध्यापक खिललाल भट्टराईले अहिलेसम्मकै विद्यार्थीहरूले उत्साहजनक रूपमा मतदानमा भाग लिएको रातोपाटीलाई बताए ।

यहाँ यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको थियो । लामो समय रोकिएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । यस अघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो ।

 

Tags

छुटाउनु भयो कि ?