श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गरी फरार भएका मोरङको बेलबारी नगरपालिका– १ नक्सालबारीका ५७ वर्षीय हेमकर्ण महतलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको हो ।
महतले घरायसी विवादका क्रममा आवेशमा आएर गत २५ फागुनमा ५३ वर्षीया देवी महतलाई धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।
हत्यापछि फरार भएर लुकिछिपी बस्दै आएका महतलाई २ चैत दिउँसो मोरङको पथरी–शनिश्चरे नगरपालिका– १० स्थित पथरी बजारको बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले श्रीमती हत्या आरोपमा महतविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।