News in Nepali

क्रिकेट खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रूपैयाँ दिने

Lumbinikhabar Online

एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल पुरुष राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् ।
‘खेलाडीको सम्मान र हौसालाको लागि वाग्मती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं,’ उनले भने । वाग्मती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका हुन् ।

नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।

Tags

छुटाउनु भयो कि ?