News in Nepali

कांग्रेस अझै एक साता सरकारमा नजाने

Lumbinikhabar Online

नेपाली कांग्रेसले लामो समयपछि आज केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्यो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू सहभागी थिए।

बैठक लामो समय चलेन। छलफलका लागि चार वटा विषय थिए।

पहिलो, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा धन्यवाद दिने।

दोस्रो, चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनबारे।

तेस्रो, चितवन २ लगायतमा हुने उपनिर्वाचन।

चौथो, सरकारमा पार्टीको सहभागिता।

पार्टीका तत्कालीन वरिष्ठ नेता पौडेल गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएकोमा कांग्रेसले बधाई तथा शुभकामना दिने निर्णय गरेको छ।

पौडेलले कांग्रेस छाडिसकेका छन्। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले कांग्रेससँगको आवद्धता टुंग्याएका हुन्। उनको राजीनामा सभापति शेरबहादुर देउवाले गत आइतबार स्वीकृत गरेका थिए।

राष्ट्रपति पौडेल संविधानको भावनाअनुसार अघि बढ्ने विश्वाससमेत कांग्रेसले लिएको छ।

कांग्रेसले गत फागुन १३ मै पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउँदा अरू ७ दलको समेत समर्थन जुटाएको थियो। फागुन २५ गतेसम्म आइपुग्दा ११ दलले कांग्रेस उम्मेदवार पौडेललाई मतदान गरेका थिए। केही स्वतन्त्र सांसदहरूले पनि पौडेललाई मत दिए।

पौडेललाई राष्ट्रपतिमा मत दिई निर्वाचित गर्ने सबै दलहरू तथा संघीय र प्रदेश सभा सांसदहरूलाई कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले धन्यवाद दिएको छ।

Tags

छुटाउनु भयो कि ?