News in Nepali

प्रधानमन्त्रीले चैत ८ भित्रै विश्वासको मत लिनुहुन्छ : कांग्रेस प्रवक्ता महत

Lumbinikhabar Online

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ८ गतेभित्रै विश्वासको मत लिने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्रै आफूहरू सरकारमा जानेबारे छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाएका छन् ।

केन्द्रीय कार्यालयमा बुधबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेल निर्वाचित भएकोमा शुभकामना दिँदै उनलाई निर्वाचित गराएकोमा गठबन्धन दलहरू आबद्ध सांसदलाई आभार व्यक्त गरेको छ ।

बैठकले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नं. २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने निर्णयसमेत गरेको छ ।

 

Tags

छुटाउनु भयो कि ?