News in Nepali

कागेश्वरीमा जारी धार्मिक महायज्ञको छैटौं दिन दाताहरूलाई सम्मान

Lumbinikhabar Online

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित कागेश्वरी धाम परिसरमा जारी श्रीमद्भागवत  महापुराण ज्ञान् महायज्ञको छैटौं दिनमा पनि श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।
कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समितिको आयोजनामा गत फागुन २१ गते देखि सुरु भएको सप्ताह व्यापी महायज्ञमा बालबालिका देखि वृद्धवृद्धा सम्मका  भक्तजनहरुका साथै सरोकार वाला निकायका कर्मचारी एवं  विभिन्न राजनितिक दलका नेता तथा जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको
भक्तजनको सहभागितासँगै दान रकमसमेत वृद्धि हुँदै गएको छ। महायज्ञ छैटौं दिनसम्म आइपुग्दा दान गर्नेहरूको सङ्ख्या बढी देखिएको छ। आमा समूह, टोल विकास संस्था तथा अन्य सामाजिक संघसंस्थाले स्थानीय रुपमा संकलन गरेको रकम यज्ञस्थलमा आएर एकमुष्ठ दान समेत गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद सन्तोष चालिसे, नेकपा एमालेका नेता रामेश्वर फुयाल लगायतका थुप्रै व्यक्तिहरुको  उपस्थिति रहेको उक्त यज्ञमा दान गर्ने भक्तजनहरुलाई प्रमाणपत्र द्वारा सम्मान समेत गरिएको छ ।  पं. बासुदेव घिमिरेको मुखराविन्दुबाट कथा वाचन भइरहेको सो महायज्ञ फाल्गुन  २९ गते सम्म चल्नेछ ।

Tags

छुटाउनु भयो कि ?