नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । पत्रकार भुजेलको ३८ वर्षको उमेरमा गएराति दोलखाको पवटीस्थित निवासमा निधन भएको हो । भुजेल महासंघ दोलखा शाखाका पूर्वकोषाध्यक्ष थिए ।
विगत दुई दशकदेखि दोलखामा रहेर सक्रिय पत्रकारिता गरिरहेका भुजेलले कालिन्चोक एफएममा समाचार प्रमुखका रूपमा काम गरेका थिए । कालिन्चोक सन्देश साप्ताहिकमा समेत काम गरेका भुजेल पछिल्लो समय इदैनिक खबर अनलाइनमा सम्पादकका रूपमा कार्यरत थिए । स्वर्गीय भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन्