सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन्।
बुधबार नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले इन्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्।
सभामुख घिमिरेले सञ्चारकर्मीहरूको हकअधिकार र व्यावसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयक अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको बताए।
उनले सञ्चारमाध्यमहरूले खोजमूलक र जनतामुखी समाचार सम्प्रेषण प्रसारण गर्नुपर्ने धारण राखे। इन्जाले इन्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इन्जा खोजी पत्रकारिता पुरस्कार, २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ।
त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार, २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार, २०७९ मा इन्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।