News in Nepali

ब्राईट अफिस सिस्टम प्रालिले एक दिने स्कुल सफ्टवेयर सेमिनार गर्दै

Lumbinikhabar Online

ब्राईट अफिस सिस्टम प्रालिको आयोजनामा एक दिने स्कुल सफ्टवेयर सेमिनार हुने भएको छ । आगामी फागुन १२ गते चितवनको भरतपुर स्थित गार्डेन रिसोर्टमा हुन लागेको उक्त सेमिनारमा सरकारी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र लेखापाललाई विद्यालयमा टेक्नोलोजी प्रयोग कसरी गर्ने भन्ने बारेमा सहजीकरण गराइने छ ।
प्रालिका कार्यकारी अधिकृत लक्ष्मण गौतमका अनुसार ब्राईट अफिस सिस्टम्स प्रालिले उत्पादन गरेको ‘ब्राईट स्कुल सफ्टवेयर’ बारेमा जानकारी गराइ विद्यालयलाई कसरी डिजिटल गराउने र विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थीलाई कसरी कनेक्ट गर्ने भनेर सिकाइने बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?