News in Nepali

सभामुख घिमिरे र बेलायती राजदूत पोलिटबीच भेट

Lumbinikhabar Online

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेट दुई देशको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान लगायतमा केन्द्रित थियो ।

प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।
बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे । बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो । सभामुख घिमिरेले भने, ‘दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविस्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौं ।’

बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए ।

Tags

छुटाउनु भयो कि ?