News in Nepali

राष्ट्रपति निर्वाचनपछि यो संविधान नै पनि नरहन सक्छ : नेता पाण्डे

Lumbinikhabar Online

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनका सवालमा गठबन्धनभित्रै अविश्वास पैदा भए यो संविधान र व्यवस्थाको भविष्य नै अन्योलमा पर्ने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेका नेता पाण्डेले सत्ता साझेदार दलहरूबिचमै बढेको अविश्वासले राम्रो सङ्केत नगरेको बताए ।

‘अहिलेको अवस्था धेरै हिसाबले अप्ठेरो छ । त्यसमा पनि राष्ट्रपतिको चुनावमा गठबन्धनभित्रै सौहार्दता वा विश्वास भएन भने त्यसपछिको भविष्य के हुन्छ भनेर कसैले भन्नै सक्दैन’, नेता पाण्डेले नेपाली राजनीतिमा देखिएको विकृतितर्फ सङ्केत गर्दै भने,‘एकले अर्कोलाई विश्वास नगर्ने, एकअर्काबीच एकता र समझदारी नगर्ने, सवै कुरा अन्तिममा गएर पदसँग साट्ने, जनता र राष्ट्रको हितभन्दा पदमा लगेर जोड्ने कारणहरूले गर्दा नेपाली राजनीति त्यसमा पनि कम्युनिस्ट आन्दोलनले नोक्सानी खेपिरहेको छ ।’

Tags

छुटाउनु भयो कि ?