News in Nepali

पठान’ ले कमायो ९ सय करोड

Lumbinikhabar Online

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘पठान’ ले छोटो समयमा सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

यशराज फिल्म्सका अनुसार फिल्मले विश्वव्यापी रूपमा ९ सय १ करोड भारू कमाएको छ। फिल्मले भारतमा ५५८ करोड भारू ग्रस कमाएको छ भने अन्य देशबाट ३४३ करोड भारू ग्रस कमाएको छ।

जनवरी २५ मा प्रदर्शन भएको फिल्मले दर्शकको साथ पाउनुको साथै समीक्षकले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए।

Tags

छुटाउनु भयो कि ?