जयन्ती मेमोरियल ट्रस्ट र कार्डियक सोसाइटी अफ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । माघ २५ गते भएको समझदारीअनुसार जयन्ती मेमोरियल ट्रस्टले उत्तम सोधपत्र पुरस्कारका लागि रु. १० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
जयन्ती मेमोरियल ट्रस्टको लक्ष्यबमोजिम मुटु रोगको निराकरण एवम् अनुसन्धानमा सहयोग गर्दै ट्रस्टले युवा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी अनुसन्धान पुरस्कार स्थापना गरी प्रोत्साहन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । प्रतिष्ठानका तर्फबाट अध्यक्ष प्रा.डा. भगवान कोइराला र कार्डियक सोसाइटी अफ नेपालका तर्फबाट डा. विजोय राजवंशीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त अवसरमा प्रतिष्ठानकी उपाध्यक्ष सृजना मल्ल राणा, सदस्यहरु सजनी अमात्य, केश्या राज्यलक्ष्मी राणा, सचिव मदनप्रसाद रिमाल र सोसाइटीका तर्फबाट डा. रत्नमणि गजुरेल र मेरिना पोखरेलको उपस्थिति रहेको