News in Nepali

पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति

Lumbinikhabar Online

अदालतले तीन वर्ष जेल सजायको फैसला सुनाएपछि फरार रहेका एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । शरीर बन्धक र जातीय भेदभावसम्बन्धी मुद्दामा तीन वर्ष जेल सजायको फैसला भएपछि फरार रहेका मन्थली नगरपालिका–६ का शेरवहादुर नगरकोटीलाई प्रहरीले बिहिबार जेल चलान गरेको हो ।

रामेछाप जिल्ला अदालतले गत भदौ २९ गते नगरकोटीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा तीन वर्ष ५ महिना ८ दिन कैद र २५ हजार जरिवाना तथा जातीय छुवाछुत मुद्दामा ११ महिना ८ दिन कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलासँगै उनी फरार रहेका थिए ।

नगरकोटीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार रामेछाप पठइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?