• २०८२ साउन २१, मंगलबार ( )
News in Nepali

अमेरिकी नागरिक मिसेलले दिएको गाली बेइज्जती मुद्दामा सेतोपाटीको जित

Lumbinikhabar Online

पोखरामा लर्निङ हाउस नामक कम्पनीमार्फत् चन्दा उठाउँदै आएकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा वेल्सले सेतोपाटी सञ्चार प्रालिसहित सञ्चारकर्मीविरूद्ध दिएको गाली बेइज्जती मुद्दामा जिल्ला अदालत कास्कीले फैसला दिएको छ।

न्यायाधीश प्रकाश खरेलको एकल इजलासले आइतबार कम्पनीका सञ्चालक मिसेलले दाबी गरेजस्तो व्यक्तिगत गोपनीयता हनन् एवं गाली बेइज्जती नदेखिएको भन्दै दाबी नपुग्ने ठहर गरेको जिल्ला अदालत कास्कीले जनाएको छ।

मिसेलले समाचारका विषयलाई व्यक्तिगत गोपनीयता हनन् एवं गाली बेइज्जतीको आरोपमा सेतोपाटीका प्रधान सम्पादक अमित ढकाल, पोखरा संवाददाता युवराज श्रेष्ठ, पत्रकारहरू सुमन ढुङ्गाना, अर्जुन गिरी लगायतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकी थिइन्। उनले २०७७ भदौ १८ गते मुद्दा दायर गरेकी थिइन्।

मिसेलले खोलेको लर्निङ हाउसले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गर्दा कफी बनाउने बरिस्ता तालिम दिने र अंग्रेजी भाषा सिकाउने उद्देश्य राखेको छ।

मिसेलले भने पोखरामा विभिन्न कार्यक्रम र सहयोगका नाममा नेपाल र विदेशबाट चन्दा संकलन गर्ने गरेकी थिइन्।

चन्दा संकलन गर्न उनले नेपालका कुनै पनि सरकारी निकायबाट अनुमति नलिएको र नेपालको कानुनविपरीत कार्य गरेको भन्दै सेतोपाटीले समाचार प्रकाशन गरेको थियो।

 

Tags

छुटाउनु भयो कि ?