प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले एमाले–माओवादीसहितका दलको गठबन्धन सरकारले कार्यान्वयन गर्ने कार्यक्रम तय गरेको हो ।
नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा सहभागि भएको गठबन्धनले ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ को लक्ष्य प्राप्तिका लागि ११ क्षेत्रलाई समेटेर साझा कार्यक्रम तयार गरेको हो ।
न्यूनतम साझा कार्यक्रममा प्रदेशको नामकरण गर्ने, प्रदेश सरकारका प्रशासनिक संरचना निर्माण गर्ने, संवैधानिक अधिकार प्रदेश मातहत ल्याउनेलगायत विषय समावेश छन् ।
लोकसेवा आयोगलाई सुदृढ गरी प्रदेशको जनशक्ति आपूर्ति गर्ने, प्रादेशिक गुरुयोजना तयार गरेर आयोजना सुरु गर्ने, कृषि उर्जा सडक पूर्वाधार लगायत क्षेत्रमा गौरबका आयोजना सञ्चालन गर्नेलगायत विषय न्यूनतम साझा कार्यक्रममा समावेश छन् ।