News in Nepali

अमेरिकी रोग नियन्त्रण केन्द्रले भन्यो- भारतमा उत्पादित ओभर द काउन्टर आइड्रप प्रयोग नगर्नुस्

Lumbinikhabar Online

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले भारतमा उत्पादित ओभर द काउन्टर आइड्रप प्रयोग नगर्न चेतावनी दिएको छ । उक्त आइड्रपमा जीवाणुको संक्रमण देखिएकाले प्रयोग नगर्न सीडीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अफ्रिकी मुलक गाम्बिया र मध्यएसियाली मुलुक उज्वेकिस्तानमा भारतीय कम्पनीको कफ सिरपको प्रयोग गर्दा बालिकाको मृत्यु भएपछि औषधि निर्माता उक्त भारतीय कम्पनीमाथि प्रश्न उठेको थियो । त्यसपछि चेन्नाईस्थित ग्लोबल फर्मा हेल्थकेयर कम्पनीबाट उत्पादित उक्त आइड्रप जाँच गर्दा यस्तो तथ्य देखिएको जनाइएको छ । उक्त आइड्रपको प्रयोग गरे आँखाको दृष्टि गुम्नुका साथै मृत्युको समेत जोखिम हुने सीडीसीको चेतावनी छ ।

Tags

छुटाउनु भयो कि ?