सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा जाने र सत्ताको लिप्सामा नभएको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूहरू सत्ता लिप्सामा नभएको भन्दै देशमा राजनीतिक अनिश्चय बढ्दै जाने देखेर आफूहरु सरकार निर्माणको पहल गरेको स्पष्ट पारे।
‘हामी जसरी पनि सरकार बनाउने सत्ता लिप्सामा थिएनौं। अनिश्चय बढ्दै गएको अवस्थामा एमालेले सरकार निर्माणको पहल गरेको हो । हामीले सत्ता दलले साझा न्यूनतम कार्यक्रम ल्याएका छौं । नयाँ सरकार गठन भएपछि जनतामा उत्साह प्रवाह भएको छ,’ उनले भने।
सरकार निर्माणका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीले यतिवेला नेपाली कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाएको टिप्पणी गरे।