राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिएकी छिन्।
सत्तागठबन्धनबाट साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा छन्। कांग्रेसले यसअघि नै राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
अर्याललाई कांग्रेसले समर्थन गरेकाे छ। जसपाले उम्मेदवारी दिने हल्ला भएकाले अहिले नै उनलाई निर्विरोध भन्न नमिल्ने र यसका लागि चार बजेसम्म कुर्नुपरर्ने देखिन्छ।