News in Nepali

रहिनन् भारतीय गायिका वाणी जयराम

Lumbinikhabar Online

भारतीय गायिका वाणी जयरामको मृत्यु भएको छ।
७७ वर्षकी गायिका वाणी शनिबार बिहान चेन्नईस्थित आफ्नो घरमा मृतक भेटिएकी थिइन्। उनको मृत्युको कारण अझै खुल्न सकेको छैन।

उनले तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूलगायत १९ भाषामा १० हजारभन्दा बढी गीत गाएकी छन्। केही समयअघि वाणीले आफ्नो सांगीतिक यात्राको ५० वर्ष पूरा गरेकी थिइन्।

वाणीले आरडी बर्मन, केवी महादेवन, ओपी नैय्यर, मदन मोहनसहित थुप्रै चर्चित संगीतकारहरूसँग काम गरेकी छन्। उनी यसै वर्ष पद्म भूषण पुरस्कारबाट सम्मानित भएकी थिइन्।

उनको ‘हमको मनकी शक्ति देना, बोले रे पपिहारा, मेने तुम्हे पालिया, प्यार कभि कम नही करना सनम’ लगायत गीत चर्चित छन्।

Tags

छुटाउनु भयो कि ?