उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन रुपन्देहीको बुटवलमा शुरु भएको छ । सम्मेलनमा देशभरका ११ वटा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु भेला भएका छन् ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सम्मेलन उद्घाटन गरेका छन् । सम्मेलन उद्घाटन गर्दै उनले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताएका छन् । शेरचनले संघीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए ।
‘स्थानीय सरकारहरुका पनि अवस्था र समस्या फरक–फरक रहेकाले आर्थिक सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल गर्न जरुरी छ,’ शेरचनले भने, ‘संघीयता बलियो बनाउन स्थानीय सरकार बलियो बनाउनुपर्छ ।’