News in Nepali

क्यान अध्यक्ष चन्दलाई कांग्रेस महामन्त्री शर्माको फोन

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग नेपाली क्रिकेटको पछिल्लो गतिविधिको विषयमा फोनमा कुराकानी गरेका छन्।

चन्दसँग आफूले फोनमा कुरा गरेको शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। अध्यक्ष चन्द नेपाली कांग्रेस बैतडी सभापति समेत हुन्।

‘क्यान अध्यक्षलाई फोनमा शोधें- खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? खेलकुद मन्त्री प्रधानमन्त्री नै हुनुन्छl ध्यानाकर्षण गराउँदछु- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि´अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस् ! मौनता जिम्मेवार जवाफ हुन्न !!,’ शर्माले लेखेका छन्।

Tags

छुटाउनु भयो कि ?