नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ वटा विभाग गठन गरेको छ। पार्टीको विधान अनुसार लुम्बिनी प्रदेश सभापति अमर पुनले ती विभागका प्रमुख मनोनयन गरेका हुन् ।
जसमा प्रदेश सङ्गठन विभाग प्रमुखको जिम्मेवारी प्युठानका सुवास केसीलाई दिइएको छ। यसैगरी सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपानेलाई तोकिएको छ भने स्वास्थ्य विभागको प्रमुख बाँकेकी अञ्जना पाण्डे बनेकी छन् ।
यसैगरी प्रदेश कानुन तथा संसदीय मामिला विभागको जिम्मेवारी पाल्पाका महेन्द्र प्रसाद पाण्डेलाई दिइएको छ । यसैगरी प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारीलाई दिइँदा नवलपरासीका विश्वप्रेम पाठकलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ ।