त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन डा. दिव्या सिंहविरुद्ध विद्यार्थीले सिटी जुलुस निकालेका छन्।
त्यहाँ अध्ययनरत विद्यार्थीले बुधबार काठमाडौंको माइतीघरमा सिटी सहित प्रदर्शन गरेका हुन् ।
उनीहरूले पीडित विद्यार्थीलाई न्याय दिन र यसअघि गरिएका सहमति लागू गर्न माग गरेका छन्।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले भदौ ३० गते भएको सहमतिको अक्षरस कार्यान्वयन गर्न माग गर्दै आन्दोलित भएका हुन्।