प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले दाङदेखि रोल्पा पुग्ने सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ध्यानाकर्षण गर्न सभामुखलाई आग्रह गरेकी छिन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले दाङ सल्यान हुँदै रुकुम मुसिकोट सडक २०३६ सालमा उद्घाटन भएर २०४० सालमा राप्ती राजमार्ग भनेर घोषणा भए पनि सडकको अवस्था नाजुक रहेको बताइन् ।
उनले हालसम्म पनि सो सडक अलपत्र रहेको भन्दै सडक दुर्घटनामा परि सयौँको मृत्यु भएको बताइन् । उनले यसबारेमा भौतिक पूर्वाधार मन्त्रीलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेकी छिन् ।