News in Nepali

विश्वका १० ठूला अर्बपतिको सूचीबाट बाहिरिए गाैतम अडानी

Lumbinikhabar Online

विश्वको तेस्रो धनी व्यक्तिका रुपमा स्थापित भारतीय व्यवसायी गौतम अडानी एक साताकै अवधिमा १० औं सूचीबाट बाहिरिएका छन् । अडानीका कम्पनीहरुको सेयर मूल्य समग्रमा ३६ अर्ब डलर घटेसँगै उनी विश्वका अर्बपतिको सूचीमा ११ औं स्थानमा परेका हुन् । ६० वर्षीय यी व्यवसायी अहिले ११ औं स्थानमा रहेको ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले देखाएको छ ।

सो इन्डेक्सले अडानीको हाल सम्पत्ति मूल्य ८४.४ अर्ब डलर रहेको जनाएको छ । गत मंगलबार अमेरिकी इन्भेस्टमेन्ट रिसर्च कम्पनी हिन्डेनबर्गले अडानीका कम्पनीहरुको हिसावकिताब गडबडी तथा चलखेलबाट सेयर मूल्य उचालेको सम्बन्धमा एक प्रतिबेदन सार्वजनिक गरेको थियो । अडानीले २०२२ मा ४० अर्ब डलरले आफ्नो सम्पत्ति बढाएका थिए ।

जसकारण विश्वको तेस्रो स्थानमा रहेका अडानी ११ औं स्थानमा झरेका छन् । हिन्डेनबर्गले गत मंगलबार अडानी ग्रुपबारे ‘कसरी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्तिले व्यवसायको इतिहासकै सबैभन्दा ठूलो ठगी गररिहेका छन् ?’

शीर्षकको ३२ हजार शब्दमा एक खोजमूलक प्रतिवेदन प्रकाशन गरेको थियो । त्यसयता उनका कम्पनीहरूको सेयर मूल्य ओरालो लागेको छ । अडानी इन्टरप्राइजेज, ग्रीन इनर्जी, पोर्ट्स एन्ड सेज, पावर, ट्रान्समसिन, टोटल ग्यास, विल्मरलगायत अनेकौं कम्पनीका उनी मालिक हुन् ।

 

Tags

छुटाउनु भयो कि ?