काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान ११ बजे सीतापाइलाबाट कलंकी जाने सडकखण्डमा दुर्घटना भएको हो।
कलंकीबाट सीतापाइला जाँदै गरेको मिनी बस बा २ ख ८३६८ र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ३४२ सुमो गाडी ठोक्किएको थियो।
दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
रशुवा गोशाइकुण्ड-६ घर भई काठमाडौंको पुतलीसडक बस्ने ५१ वर्षीया यायाल्म घलेको दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको हो।
उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
तीन जना घाइते छन्।
दुई जनाको मनमोहन अस्पताल र एक जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ। कलंकीमा उपचाररत एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।