लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (वसन्त) ले आफू सम्बद्ध राजनीतिक दल त्याग गरेका छन् । हालै लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका घर्तीले आफू आबद्ध दल नेकपा (माओवादी केन्द्र) बाट अलग भएको घोषणा गरेका हुन् ।
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सभामुख घर्तीले संविधानको धारा १८२ अनुरूप आफू सभामुखमा निर्वाचित भएको र संसदीय व्यवस्थाभित्र तटस्थताको सिद्धान्त अनुरूप आफूले दल त्याग गरेको उल्लेख गरेका छन् । अबदेखि स्वतन्त्र नागरिक भई सभामुखको जिम्मेवारीमा रहेको उनले प्रस्ट पारेका छन् ।