News in Nepali

प्रचण्डको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको हो : प्रवक्ता महत

Lumbinikhabar Online

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।”

“संसद्मा गुण र दोषका आधारमा हामीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, सरकारलाई समर्थन गरे पनि हामीहरु सरकारमा जाने भनेको होइन”, नेता महतले भने । नेपाली कांग्रेस नेता डा महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भनेकाले उनको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको बताए ।

Tags

छुटाउनु भयो कि ?