हस्पिटलबाट आफ्नो स्वास्थ्य चेकजाँच गरेर घर फर्किदै गरेका एमाले नेता रामेश्वर फुयाल पुनः हस्पिटल पुगेका छन् । ग्राण्डी हस्पिटल बाट आफ्नो स्वास्थ परिक्षण गरि घर फर्किने क्रममा बाटोमा एक घाइते मानिस फेला परेपछि नेता फुयाल उनको उद्धारका लागि पुनः हस्पिटल पुगेका हुन् ।
बुधबार साझ ७ बजेतिर काठमाडौको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ३ स्थित बेसिगाँउको अत्तरखेल सडकमा अन्दाजी २२ वर्षीय एक युवक मोटरसाइकलको ठक्करबाट घाइते अवस्थामा लडिरहेका थिए । त्यसैबेला नेता फुयाल आफ्नो स्वास्थ्य चेकजाँच गरि अस्पताल बाट घर जानेक्रममा अचानक उनको नजर सडक छेउमा उभिरहेका मान्छेहरु तिर पर्यो । त्यतिकैमा उनी आफ्नो गाडी रोकि बाहिर निस्किएर छट्पटी रहेको युवक सामु पुगे अनि प्रहरी र एक स्थानीयको सहयोगमा ढिलो नगरी उक्त व्यक्तिलाई आफ्नो गाडीमा राखेर नेपाल मेडिकल कलेज सम्म पुर्याइ उनको उपचारमा सहयोग गरे । उक्त व्यक्तिको ठेगाना नखुलेको तर नाम भने राजकुमार रहेको बताउदै नेता फुयालले भने ” म हस्पिटलबाट आफ्नो स्वास्थ्य परिक्षण गरि घर जाँदै थिए । अत्तरखेल पुगेपछि मैले एक घाइते शरीर सडक छेउमा छट्पटाइ रहेको देखेँ । उनको टाउकोबाट रगत बगिरहेको थियो । र खुट्टामा पनि ठुलै चोट लागेको थियो । त्यो भाँचिएको रहेछ । उनलाई जोरपाटी बाट सुन्दरीजल तर्फ जाँदै गरेको मोटरसाइकलले हानेको रहेछ । त्यस्तो अव्यवस्था देखेर उनलाई छोडी जान मन लागेन । ढिलो नगरी स्थानीय र प्रहरी साथिहरुको सहयोगमा आफ्नो गाडिमा राखेर हस्पिटल पुर्याउने काम भयो ।” यस्तै उनले केही समय अघि सोही ठाउँमा दुर्घटनामा परेकी हेटौंडाकि एक महिलाको पनि उद्धार गरेका थिए । उनी सामाजिक सेवा भाव भएका एक सरल उदारवादी नेता हुन । बाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका फुयाल संविधान सभाका सदस्य समेत हुन् ।