राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु विगतमा सत्ता सम्हालेका दललहरुले थिलथिलो पारेको आरोप लगाएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु विगतमा सत्ता सम्हालेका दललहरुले थिलथिलो पारेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाई दिँदै गृहमन्त्री लामिछानेले यसअघि सत्ता सञ्चालन गर्ने दलहरूले राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडेका कारण परिणाम ल्याउन केही समय लागेको बताए ।
‘राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको छ । काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ,’ उनले भने, ‘हामी नयाँले जिम्मेवारी सम्हाले पनि हामीमाथि त्यही कोणबाट प्रश्नहरू आउने रहेछन् । तर म कामको माध्यमबाट, परिणामको माध्यमबाट ती प्रश्नहरूको जवाफ दिन चाहान्छु ।’
उनले राज्य संरचना र प्रणाली सुधारका लागि अन्य दलहरूको समेत सहयोग आवश्यक पर्ने बताए ।