होन्डाले नेपाली बजारको लागि दुई नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘होन्डा ९९ घण्टा अफर’ र ‘होन्डा रु १ अफर’ सार्वजनिक गरेको हो।
नेपालको लागि दुई पांग्रे होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि हो। कम्पनीले उक्त अफरहरू होन्डाको बाइक साइन र स्कुटर ग्राजियाको लागि सार्वजनिक गरेको हो।
होन्डा ९९ घण्टा अफरअन्तर्गत ग्राहकहरूले साइनको कुनै पनि स्पेयर पार्टस् अर्डर गरेको ९९ घण्टा भित्रै पाउन सक्नेछन्। यसो नभएको अवस्थामा कम्पनीले ग्राहकहरूबाट उनीहरूले चाहेको रकम लिने बताएको छ।
‘उक्त समयभित्र पार्टस आइपुगेन भने ग्राहकहरूले आफूले चाहेको रकम मात्र तिर्न सक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।