कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फाल्दा ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव झापा ल्याइएको छ ।
कम्बोडियामा १४ पुसमा भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औं तलाबाट हाम फाल्दा मृत्यु भएका उनको शव शुक्रबार काठमाडौं आइपुगेको थियो । शनिबार दिउँसो साढे १२ बजे विर्तामोड निवासमा शव ल्याइएलगत्तै कनकाई नदीको तटमा अन्तिम संस्कार गरिएको छ ।