News in Nepali

इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

Lumbinikhabar Online

वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । उनको शवलाई इजरायली सुरक्षाले नियन्त्रणमा राखेको जानकारी दिइएको थियो । विज्ञप्तिमा घटनाबारे थप विवरण दिइएको छैन ।

Tags

छुटाउनु भयो कि ?