स्वतन्त्रबाट मधेश प्रदेशको प्रदेशसभा सदस्यमा चुनाव जितेका सुरिता साह र प्रमोद जयसवाल जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । आज बालकुमारीस्थित पार्टी कार्यालयमा उनीहरु पार्टी प्रवेश गरेका हुन् । महोत्तरी क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित नेतृ साहलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् ।