News in Nepali

नागरिक उन्मुक्तिले सभामुखमा सत्तागठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने

Lumbinikhabar Online

नागरिक उन्मुक्ति पार्टीले सत्तारुढ गठबन्धनबाट सभामुखका लागि उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सो पार्टीका सांसद गंगाराम चौधरीले एमालेका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्ने बताएका हुन् । आफ्नो पार्टी टीकापुर घटनाका बन्दीहरुको रिहाइ नभएसम्म प्रतिपक्षमा रहने उल्लेख गर्दै उनले सभामुखमा भने गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने बताए ।

‘हाम्रो पार्टीको मुद्दा सम्बोधन नभएसम्म प्रतिपक्षमा रहेको हुँदा हाम्रो समर्थन गठबन्धनका सभामुख पदका उम्मेदवार माननीय देवराज घिमिरेज्यूलाई प्रस्तावसहित समर्थन रहने जानकारी गराउँछौं,’ सांसद चौधरीले भने ।

Tags

छुटाउनु भयो कि ?