गृहमन्त्री रवि लामिछानेले गृहमन्त्रालय विधि र पद्धति भन्दा बाहिर नजाने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद रामहरि खतिवडालाई जवाफ दिँदै उनले एस्तो बताएका हुन् ।
कांग्रेस सांसद खतिवडाले हत्या अभियोग लागेर फरार रहेका सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भएको सुनिएको भन्दै उनले सभामुखको निर्वाचनमा मतदान गर्न दिने कि नदिने भन्दै गृहमन्त्री लामिछानेको ध्यानार्षण गराएका थिए ।
त्यसको जवाफमा गृहमन्त्री लामिछानेले भने, ‘फरार रहनुभएका मानिस पक्रिने कुरा भयो । विधि र पद्धतिभन्दा बाहिर गृह मन्त्रालय जाँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैको दबाब हुनेछैन । गृहमन्त्रालय टसमस छैन, तपाईंहरूबाट दबाव र प्रभाव आउने छैन भन्ने विश्वास छ ।’