News in Nepali

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन सांसद देवराज घिमिरे संसद् भवनमा उपस्थिति

Lumbinikhabar Online

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन सांसद देवराज घिमिरे संसद् भवनमा प्रवेश गरेका छन् । उनलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नेछन् भने माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र रास्वपाका रवि लामिछानेले समर्थन गर्नेछन्। उम्मेदवारी दर्ताको समय १ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

यता नेपाली कांग्रेसले भने बिहान पदाधिकारी बैठक बसेर सहयोगी दलहरूसँग छलफल गरेर प्रतिनिधिसभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो

Tags

छुटाउनु भयो कि ?