राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रमुख सचेतक बनाएको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा मनोनीत गरेका हुन् ।