टप खबर

प्रतिनिधिसभा बैठकमा आज सभामुख प्रस्ताव दर्ता गरिने

Lumbinikhabar Online

प्रतिनिधिसभा बैठकमा आज प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने भएको छ ।

सङ्घीय संसद् सचिवालयद्वारा मंगलबार प्रकाशित निर्वाचन तालिका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म सूचना दर्ता गरिनेछ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको अपराह्न ४.१५ बजे नामावली प्रकाशित गरिने छ ।

त्यसैगरी भोलि बिहान ११ बजेको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यस लगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।

Tags

छुटाउनु भयो कि ?