राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको पदभार सम्हालेकी छिन् । पदभार सम्हाल्दै उनले जनताले पाउने सेवासुविधालाई सहज बनाउने कुरा आफ्नो
प्राथमिकतामा रहेको बताएकी छिन् । चीन र भारत तथा चीन र पश्चिमा देशहरूको भूराजनीतिक प्रतिद्वन्द्विता तीव्र भएको समयमा संवेदनशील समयमा पौडेल परराष्ट्र मन्त्रालयको जिम्मेवारी सल्हाल्न आइपुगेकी हुन् ।